• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु ★   सङ्खुवासभा बाढीपहिरो: १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता ★   नेकपा (एस) भित्र विचारमा कुनै मतभेद छैन: माधवकुमार नेपाल ★   धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो ★   काठमाडौं महानगर बिरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन ★   योग साधना सम्पन्न ★   देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री

कटप्पाका लागि सञ्जय दत्त थिए पहिलो रोजाई, जेलमा रहेकाले सत्यराजलाई खेलाइयो



एजेन्सी । सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ मा कटप्पाको भूमिका खेलेर अभिनेता सत्यराज घर–घरमा चर्चित भएका थिए । तर के तपाईलाई थाहा छ यो भूमिकाका लागि निर्माताहरुको पहिलो रोजाई बलिउड अभिनेता सञ्जय दत्त थिए ?

यसबारे जानकारी दिँदै ‘बाहुबली’ निर्देशक राजामौलीका पिता तथा फिल्मका लेखक वी विजयेन्द्र प्रसादले आफू सञ्जयलाई फिल्ममा कास्ट गर्न चाहन्थे तर सञ्जु त्यतिबेला जेलमा रहेको बताए । यस्तो अवस्थामा निर्माताहरूका लागि दोस्रो विकल्प सत्यराज थिए ।

एक अन्तर्वार्तामा प्रसादले भनेका थिए, ‘फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास हाम्रो पहिलो रोजाइ थिए । त्यस्तै हामीले संजय दत्तलाई ध्यानमा राखेर कटप्पाको चरित्र लेखेका थियौं । तर त्यतिबेला उनी जेलमा रहेकाले उनलाई कास्ट गर्न सम्भव भएन । यस्तो अवस्थामा हामीसँग सत्यराज दोस्रो विकल्प थियो ।’

त्यसपछि प्रसादले फिल्मको लागि कटप्पाको चरित्र लेखे । उनले थप भने, ‘भोलिपल्ट बिहान मैले राजामौलीलाई कटप्पाको चरित्रको सानो परिचय दिएँ । यसपछि मैले उनीहरूलाई अर्को दृश्य सुनाएँ जसमा एउटी आमा आफ्नो बच्चालाई काखमा लिएर नदी पार गर्ने प्रयास गर्छिन् । यो दृश्य यस सुपरहिट फ्रेन्चाइजको उद्घाटन दृश्य बन्यो । त्यसपछि ४–५ महिनामा फिल्मको स्क्रिप्ट तयार भयो ।’

२०१५ मा रिलिज भएको बाहुबली र २०१७ मा रिलिज भएको बाहुबली २ भारतीय सिनेमाका सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक हुन् । फिल्ममा प्रभास र सत्यराज बाहेक राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णन लगायतका कलाकार थिए ।