२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काउटको संरचना विधिसम्मत रुपमा लिएको हुँ: सांसद खड्का



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक खड्काले आफूले विधिसम्मत ढंगले नेपाल स्काउटको संरचना भाडामा लिएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खड्काले आफूले वि.सं. २०६३ सालमा टेण्डर प्रक्रियामार्फत स्काउटको भवन भाडामा लिएको बताउनुभएको हो ।

उहाँले १० वर्षपछि पुन: टेण्डरमार्फत सबै प्रक्रिया पूरा गरेर भाडामा लिएको भएपनि आफ्नो चरित्र हत्या गरिएको बताउनु भयो । उहाँले ०७५ सालमा लोकबहादुर भण्डारी प्रमुख भएर आएपछि विवाद र किचलो शुरु भएको भन्दै आफूलाई सत्ताको बलमा उतिखेरै निकाल्न खोजिएको बताउनु भयो । उहाँले आफ्नो कुनै कमजोरी नभएको भन्दै अदालतमा मुद्दा विचाराधिन रहेको र कुनै दोष देखिएमा कारबाहीको भागिदार हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो विधिवत् ढंगले २०६३ सालमा टेण्डरमार्फत त्यहाँका भवनहरु भाडामा लिइएको हो । र १० वर्षपछि पुन: टेण्डरमार्फत त्यस भवनको प्रक्रिया पूरा गरेर भाडामा लिएको हो । तीन वटा संरचनाहरु खड्काल्याण्डले उपयोग गर्दै आएको छ । एउटा खालि जग्गा उपयोग गरेर व्यवसाय सञ्चालन गरेको छ । दुई वटा नेपाल स्काउटले आफ्नो भवन निर्माण गरेर भाडामा लगाएको अवस्था छ । तेस्रो विभिन्न संरचनाहरु सञ्चालन गरिएको छ र ति संरचनाहरुको कुनै आय, व्यय कुनै वास्ता गरिएको छैन ।’

उहाँले आफूले स्काउटलाई अहिलेसम्म भाडा बापत १३ करोड रुपैयाँ बुझाइसकेको पनि बताउनु भयो । उहाँले अध्यक्ष भण्डारीले ऐन, नियम विपरित स्काउटलाई कब्जा गरेको आरोप समेत लगाउनु भयो ।