• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजाअर्चना



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा जानु भई पूजा, अर्चना गर्नुभएको छ । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी हुनुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गर्नुभयो । साथै उहाँले शालीनदीमा जल अभिषेक गर्नुभयो । उहाँले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गर्नुभयो ।

नगरपालिका एवं काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुग्नुभएका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुुसीको विषय भएको बताउनुभयो ।

बज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो । उहाँले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुन:निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गर्नुभएको थियो । उहाँहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुन:निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो । “शालीनदी र माधवनारायण मन्दिर पौराणिक एवं धार्मिक हिसाबले महत्वपूर्ण भए तापनि ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “भूकम्पपछि धेरै मन्दिर निर्माणधीन अवस्थामा छन्, यसमा सहजीकरण हुने विश्वास लिएका छौँ ।”

शालीनदीको मेलामा हरेक वर्ष झण्डै ३० लाख धर्मावलम्बीले दर्शन गर्ने उहाँले बताउनुभयो । राष्ट्रपति पौडेल शालीनदी पुग्नुहुँदा उहाँलाई सांसदद्वय गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गर्नुभएको थियो ।