२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेको माग (भिडियोसहित)



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरुको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गर्नुभएको हो ।

उहाँले सरकारले गठन गरेको छानविन समितिले मन्त्रीको कमजोरी औंल्याएको भन्दै मन्त्रीलाई अविलम्व बर्खास्ती गर्नुपर्ने बताउनु भयो । उहाँले सिपाईलाई कारबाही गरेर मन्त्रीलाई उन्मुक्ति नदिन सरकारलाई चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले बनाएको आयोगले निष्कर्ष निकाल्यो, सरकारको मन्त्री दोषि भन्यो । तर सरकारका मन्त्री मुख्य दोषि भनेर किटान गरेको आज २८/३० घण्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । प्रधानमन्त्रीज्युले मुख्य दोषि भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको सूचना पाएनौँ । हामी सुन्दै छौँ, सामान्य सिपाईहरुलाई कारबाहीको डण्डा अनि मन्त्रीहरुलाई उन्मुक्ति यो हुन सक्दैन । हामीले गम्भिरताका साथ सिपाईलाई डण्डा, मन्त्रीलाई झण्डा । जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यहीँ हो ? यो गम्भिर प्रश्न गर्न चाहन्छौँ । त्यसकारण अविलम्व त्यस घटनासँग जोडिएका मन्त्री र सिंगो गृहप्रशासन नेतृत्व गर्ने गृहमन्त्री पनि यसमा जोडिने अवस्था छ । यस तर्फ पनि सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि त्यो घटनामा जोडिएका मन्त्रीहरुलाई अविलम्व जिम्मेवारीबाट हटाइयोस् । बर्खास्ती गरियोस् ।’

सचेतक बर्तौलाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छानविन गरिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आर्थिक अनियमितता र भ्रष्टाचारको आशंकामा भएको व्यक्तिलाई मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीको सुशासनको सुँगा रटाइ भाषण सुन्न आफूहरु तयार नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल