१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग टोटेनहम पराजित, नटिङहमले वेस्टहामलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्सले टोटेनहमलाई पराजित गरेको छ । गएराति भएको खेलमा वल्भ्सले टोटेनहमलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो ।

वल्भ्सको जितमा दुवै गोल जोआओ गोमेजले गरे । उनले ४२ औं तथा ६३ औं मिनेटमा गोल गरे । यता, ४६ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै टोटेनहम २५ खेलबाट ४७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । वल्भ्स ३५ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले वेस्टहाम युनाइटेडलाई पराजित गर्यो । खेलको पहिलो हाफको इन्जुरी समयमा ताइओ एयोइनीले तथा अन्तिममा इन्जुरी समयमा कालुम हडसन ओडोइले अर्को गोल थपे ।

खेलको ७१ औं मिनेटमा काल्भिन फिलिप्सले रातो कार्ड खाएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो । वेस्टहाम ३६ अंकका साथ आठौं स्थानमा रहँदा नटिङहम २४ अंकका साथ १५ औं स्थानमा छ ।