३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनास्लुद्वारा मन्डे सम्मानित



अ+ अ-

काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा चुच्चेपाटीस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा मन्डेसहित विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइतेललाई पनि सम्मान गरिएको थियो ।

उनहीहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

अध्यक्ष लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जानकारी दिए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको बताए ।