१८ पुष २०८१, बिहीबार
,
Latest
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड ‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्यायोः प्रधानमन्त्री पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता: रेनु दाहाल



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विश्व कप खेल्ने खेलाडीको खोजी गर्न विद्यालयस्तरीय लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ ।

शुक्रबार भरतपुर महानगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता समारोहलाई सम्बोधन गर्दै उहाँले महानगरको एक मात्र उद्देश्य विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने रहेको स्पष्ट पार्नुभयो। ‘चितवनले यसअघि विश्वकप खेल्ने खेलाडी उत्पादन गरी सकेको छ’,उहाँले भन्नुभयो,‘विद्यालयस्तरबाटै खेलाडी छनोट गर्दा उच्च सम्भावना रहन्छ । विद्यालयस्तरीय प्रतियोगिताबाट लुकेका प्रतिभालाई बाहिरा ल्याउन मद्दत पुर्‍याउँछ ।’

प्रमुख दाहालले देशमा भएको आर्थिक मन्दीका कारण दुई चरणमा निर्माण गर्ने गरी रंगशालाको निर्माण कार्य अगाडि बढाउन लागेको स्पष्ट पार्नुभयो । पहिलो चरणमा तत्कालै खेल्न मिल्ने गरी खेल मैदान, प्याभिलियन, टावर र १५ हजार अट्ने प्याराफिट निर्माण हुने र अर्को चरणमा बाँकी रहेको सबै काम हुने प्रमुख दाहालको भनाई छ । वागमती सरकारले रु ५३ करोड बजेट सुनिश्चित गरिसकेको र संघीय सरकारले पनि यही अनुपातमा चालु वर्षमा बजेट विनियोज गर्नेमा विश्वस्त रहेको प्रमुख दाहालले बताउनुभयो ।

अबको एक हप्ताभित्र रंगशाला निर्माणको टेण्डर आह्वान गर्ने तयारीका साथ कामलाई अघि बढाएकाले छिटै निर्माणको काम सुरु हुने उहाँको भनाई थियो । ‘भरतपुर महानगरपालिका खेलकुदको हबको रुपमा विकास हुदै गएको छ’,उहाँले भन्नुभयो,‘विषेश गरी क्रिकेटको खेलको हब नै भइसकेको छ । भरतपुरमा दैनिक जसो राष्ट्रिय स्तरको खेलकुद भइरहेको छ। नेपालको क्रिकेटको भविष्य राम्रो छ ।’ वागमती प्रदेशको आयोजनामा फागुनमा हुने खेलमा ४९ जिल्लाबाट ५ हजार भन्दा बढी खेलाडी र प्रशिक्षकहरु भरतपुर आउन लागेकाले भरतपुर खेलकुदमय हुने उहाँले जानकारी दिनुभयो ।

सन् २०२७ मा नेपालमा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने गरी महानगरले तयारी गर्ने र त्यसको समवन्य गर्न संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद र क्यानलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिकाले विद्यालयदेखि विश्वकपसम्म भन्ने नाराका साथ लिगको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो। रंगशालाको निर्माणकाको लागि राष्ट्रिय खेलकुद परिषद सकारात्मक रहेको र त्यसका लागि थप प्रकृया अघि बढाउने बताउनुभयो ।

यस्तै नेपाल क्रिकेट एशोसियसन (क्यान) का केन्द्रीय सचिव पारस खड्काले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको लागि गौतम बुद्ध क्रिकेट रंगशालामै प्रशिक्षण गर्न सकिने उल्लेख गर्नुभयो । यो विषयमा क्यान एकदमै सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । लिग प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी १० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शुक्रबारदेखि लिग चरणको नकआउट खेल सुरु भएको छ ।

प्रत्येक शुक्रबार र शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा क्रिकेट एशोसिएसन चितवनको प्राविधिक सहयोग रहने छ भने एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसले प्रायोजन गरेको छ । प्रतियोगिता ३ महिनासम्म चल्ने महानगरपालिकाले जनाएको छ ।