२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल: सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै सो अवधारणालाई अघि सारेको समेत बताउनु भयो । नेपालले गरिवी बिरुद्धको लडार्इंमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले जनतामा खुशी ल्याउने गरी मुलुकको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले नेपालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेकुरा संविधानमै व्यवस्था गरेकाले त्यसको कार्यान्वयनमा आफूहरुले जोड दिएको बताउनु भयो । ओलीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझै घनिभुत बनाएर लैजानुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो । हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्पारिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिवद्ध छांै–समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्नका लागि । समृद्ध नेपाल: खुशी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिवी विरुद्धको लडाईमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’

अध्यक्ष ओलीले राष्ट्रिय हित, पारस्पारिक लाभ, सम्मान र सामाजिक न्यायमा आधारित परराष्ट्र नीतिको पक्षमा आफ्नो पार्टी दृढ रहेको बताउनु भयो ।