१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

न्यायाधीशका लागि संसदीय सुनुवाई आवश्यक छैन: कानूनविद्हरु

न्यायाधीशका लागि संसदीय सुनुवाई आवश्यक छैन: कानूनविद्हरु
अ अ+ अ-

काठमाडौँ । कानूनविद्हरुले न्यायाधीशका लागि संसदीय सुनुवाई आवश्यक नभएको बताएका छन् ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमा कानूनकर्मीहरुले यस्तो बताएका हुन् । उनीहरुले संसदीय सुनुवाई के उद्देश्य प्राप्तिका लागि राखियो ? भन्ने नै स्पष्ट नरहेको जिकिर गरे । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संसदीय सुनुवाईको उद्देश्य स्पष्ट हुन नसकेको बताउनु भयो । उहाँले सिफारिस भएकाहरुको इन्टिग्रिटी वा योग्यता केका लागि हो भन्ने स्पष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले इन्टिग्रिटी (निष्पक्षता) का लागि भए सांसदहरुसँग सिफारिस न्यायाधीश्हरुको रेकर्ड नै नरहने र अन्य संकलन गर्ने ठाउँ नै नरहेको र योग्यता जाच्ने अधिकार सांसदहरुलाई नभएको जिकिर गर्नुभयो । उहाँले न्यायाधीशको हकमा संसदीय सुनुवाई नभइ सार्वजनिक सुनुवाई हुनुपर्ने बताउनु भयो । सार्वजनिक सुनुवाई न्यायपरिषद्ले गर्नुपर्ने बताउनु भयो । उहाँले छुट्टै संवैधानिक अदालत स्थापना गर्न वा संवैधानिक इजलासमा मात्रै नियुक्ति हुने न्यायाधीशहरुको परिकल्पना गर्न माग गर्नुभयो । उहाँले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने र टुंगो नलगाइ छोड्ने प्रवृत्ति राम्रो नभएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुको कार्य सम्पादनमा प्रश्न उठेको कारणले डेमोक्रेसीमा प्रश्न उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘या त छुट्टै संवैधानिक अदालत स्थापना गरौँ, या त संवैधानिक इजलासमा मात्रै नियुक्ति हुने न्यायाधीशहरुको परिकल्पना गरौँ । त्यहीँ नियुक्ति हुन्छ र त्यहीँ अन्त्य हुन्छ । या त पहिलाकै अवस्था जाऔँ । अहिलेको अवस्थामा संवैधानिक इजलास चल्न सकेन । संसदीय सुनुवाई के उद्देश्य प्राप्तिका लागि राखियो ? भन्ने नै स्पष्ट छैन । सिफारिस भएका व्यक्तिको योग्यता जाच्ने हो की उसको इन्टिग्रिटी जाँच्ने हो ? इन्टिग्रिटी जाँच्ने भए सांसदहरुसँग उनीहरुको रेकर्ड नै छैन । योग्यता जाँच्ने अधिकार उसलाई छैन । के उद्देश्यले राखियो भन्ने स्पष्ट नभएकाले संसदीय सुनुवाई न्यायाधीशको हकमा आवश्यक छैन । न्यायाधीशको हकमा संसदीय सुनुवाई नभइ सार्वजनिक सुनुवाई हुनुपर्छ, त्यो न्यायपरिषद्ले गर्नुपर्छ । संसदले महाअभियोग लाउने, कसैले लगाउनुपर्छ र कसैले पर्दैन भनेर खिचातानीमा त्यो महाअभियोग प्रश्तावको टुंगो नै नलगाउने । राजनीतिक दलहरुको कार्य सम्पादनमा प्रश्न उठेको कारणले डेमोक्रेसीमा प्रश्न उठेको छ ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाईको व्यवस्था भएपनि सुनुवाई नै नभइ नियुक्ति हुनु दु:खद् भएको बताउनु भयो । उहाँले संवैधानिक परिषद्को गणपूरक संख्या दुई तिहाई भन्दा बढी संविधान र कानूनमा हुँदाहुँदै जबरजस्ती पटकपटक संसदलाई छलेर आफूखुशी गणपूरक संख्या राखेर संवैधानिक निकायका पदाधिकारी र प्रधानन्यायाधीशको नियुक्ति हुनु राम्रो नभएको बताउनु भयो । सो नियुक्तिउपर परेका संवैधानिक इजलासका मुद्दाहरुमा यथोचित समयमा न्याय निरुपण हुन नसक्नु, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिमा संविधान र कानूनले परिकल्पना गरेका योग्यता र क्षमता भन्दा पनि राजनीति हाबी हुँदै प्राय: आफ्ना मान्छेको वर्चश्व हुनेगरी न्यायाधीश नियुक्ति हुने परिपाटी विकास हुँदै गएको बताउनु भयो । प्रधानन्यायाधीशलाई लागेको अभियोग एउटै संसद अधिवेशनले टुंग्याउनुपर्नेमा अनिर्णयको बन्दी बनाइराखिएको भन्दै आपत्ति जनाउनु भयो । न्याय परिषद् नियमावली नेपालको संविधानको धारा १०३ सँग बाझिने गरी ल्याइएको छ । यसले न्यायिक विचलनको बिजारोपण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान र संविधानले परिकल्पना गरेका न्यायपालिकासँग जोडिएका न्याय संरचनागत गठन वा उनीहरुका काम कर्तव्य र अधिकार संविधानमा उल्लेख भएनन् । भएपनि कार्यविधिगत त्रुटीका कारण प्रभावकारी बन्न सकेनन् । न्यायमा पहुँच हुन नसकेको प्रश्न धेरै नै उठेको छ । संसदीय सुनुवाईको व्यवस्था भएपनि सुनुवाई नै नभइ नियुक्ति हुनु, संवैधानिक परिषद्को गणपूरक संख्या दुई तिहाई भन्दा बढी संविधान र कानूनमा हुँदाहुँदै जबरजस्त पटकपटक संसदलाई छलेर आफूखुशी गणपूरक संख्या राखेर संवैधानिक निकायका पदाधिकारी र प्रधानन्यायाधीशको नियुक्ति हुनु, त्यस नियुक्तिउपर परेका संवैधानिक इजलासका मुद्दाहरुमा यथोचित समयमा न्याय निरुपण हुन नसक्नु, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिमा संविधान र कानूनले परिकल्पना गरेका योग्यता र क्षमता भन्दा पनि राजनीति हाबी हुँदै प्राय: आफ्ना मान्छेको वर्चश्व हुनेगरी न्यायाधीश नियुक्ति हुने परिपाटी विकास हुँदै गएको छ । प्रधानन्यायाधीशलाई लागेको अभियोग एउटै संसद अधिवेशनले टुंग्याउनुपर्नेमा अनिर्णयको बन्दी बनाइराखिएको छ । हालै जारी गरिएको कानूनमा आएको न्याय परिषद् नियमावली नेपालको संविधानको धारा १०३ सँग बाझिने गरी ल्याइएको छ । यसले न्यायिक विचलनको बिजारोपण भएको छ ।’

कार्यक्रममा महान्यायाधिवक्ता दिनमणि पोखरेलले कार्यकारीलाई सबै अधिकार दिएमात्रै संसदीय सुनुवाईको अर्थ रहने बताउनु भयो । उहाँले न्याय परिषद् र संवैधानकि परिषद् बनाएर संसदीय सुनुवाई गर्दा मान्छेको हुर्मत काट्ने बाहेकको काम नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसदीय सुनुवाईमा मेरो पनि स्पष्ट दृष्टिकोण के छ भने एग्ज्युकिटिभलाई सबै अधिकार दिने हो भने संसदीय सुनुवाईको एउटा अर्थ रहन्छ । न्याय परिषद् पनि बनाउने, संवैधानकि परिषद् पनि बनाउने र फेरि संसदीय सुनुवाई गर्दा इन्स्टिट्युशनहरुको ओभरल्यापिङ भयो भने त्यो डिस्फंग्शनल हुने आधार बन्छ । धेरै इन्स्टिट्युशनहरु बनाउने भन्दा भएकालाई राम्रो बनाउँदै जाने हो । एग्ज्युकिटिभलाई नै अधिकार दिने हो भने बल्ल यो संसदीय सुनुवाई हुन्छ । संवैधानकि परिषद् र न्याय परिषद् रहने हो भने यो मान्छेको हुर्मत काट्ने बाहेकको काम देखिएको छैन । महाअभियोग लगाउने र लगाएपछि डामेर राख्ने अभ्यास छ, यो राम्रो होइन ।’

महान्यायाधिवक्ता पोखरेलले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएपछि थन्क्याएर राख्नेकुरा राम्रो नभएको बताउनु भयो ।