२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

ॐ हस्पिटल र लेमन ट्रि प्रिमियर बीच सेवा सहकार्य सम्झौता

ॐ हस्पिटल र लेमन ट्रि प्रिमियर बीच सेवा सहकार्य सम्झौता
अ अ+ अ-

काठमाडौं  । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल काठमाडौं र लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठ बीच सेवा सहकार्य सम्झौता भएको छ ।

ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठ तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशीको उपस्थितिमा भएको सम्झौतामा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र लेमन ट्रि प्रिमियरका जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा लेमन ट्रि प्रिमियरका कर्मचारीहरुको प्रिऔइम्प्लोयमेन्ट मेडिकल चेक(अप अर्थात जागिर पूर्व गरिने स्वास्थ्य परिक्षण ॐ अस्पतालमा विशेष सहुलियत सहित गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले तिन दशकदेखी निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार र सघन उपचार लगायत ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको जानकारी दिनुभयो । यस सन्दर्भमा लेमन ट्रि प्रिमियर जस्तो लोकप्रिय हस्पिटालिटी ब्राण्ड होटलसँग स्वास्थ्य सेवा प्रदायकका रुपमा जोडिन पाँउदा खुशी लागेको कुरा बताउनुभयो ।

उहाँले नेपालमा पहिलो पटक नि:सन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आइ।भि।एफ। सेवाको शुरुवात गर्ने ॐ अस्पालले मातृशिशु सेवा, मुत्ररोग, मिर्गौलारोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको समेत जानकारी गराउनुभयो ।

साथमा स्वास्थप्रति जागरुक नागरिकहरुकालागि भिन्न भिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु प्रदान गर्दै आइरहेको अवगत गराउनुभयो ।

संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै लेमन ट्रि प्रिमियरका जनरल म्यानेजर मनोज कुमार थापाले नेपालको प्रतिष्ठित स्वास्थ्य सेवा प्रदायक संस्था ॐ हस्पिटलमा स्वास्थ्य परिक्षण गर्ने सहकार्यको यो कदम सकारात्मक भएको बताउनुभयो । उहाँले दुवै सस्थाले एक अर्कामा आफ्नो सेवामा सहुलित र सहजरुपमा उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

विशाल भारतीय होटल सञ्जाल लेमन ट्रि होटल्स लिमिटेडले भारतका ठुला शहरहरु, दिल्ली, मुम्बई, कलकत्ता, चेन्नई, बैङ्लोर लगायत पुने, चण्डिगढ, जयपुर, इन्दौर, औरंगावाद, उदयपुर, बिशाखापट्नम, कोची, लुधियाना, तिरुवन्तपुरम, विजयवाडा लगायतका अत्याधुनिक सुविधासम्पन्न होटलहरु सञचालन गरिरहेको छ भने भारतबाहिर दुबई र भुटानमा समेत होटलहरु सञ्चालन गर्दै आएको भएपनि नेपालमा भने पहिलो होटलका रुपमा लेमन ट्रि प्रिमियर बुढानिलकण्ठ काठमाडौंको फ्रेन्चाइज तथा म्यानचाइजको जिम्मा लिएको समेत जनरल म्यानेजर थापाले जानकारी दिनुभयो ।

काठमाडौंको बुढानिलकण्ठमा अवस्थित साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठ हेरिटेज होटल अन्तर्गतको लेमन ट्रि होटलमा पाँच प्रकारका १०२ वटा अत्याधुनिक सुविधा सम्पन्न कोठाहरु रहेका छन् भने तीनवटा सभा कक्ष, रुफटप रेष्टुरेन्ट सहित पाँचवटा रेष्टुरेन्ट, हेल्थ क्लब, स्पा, योगा तथा ध्यान केन्द्र, ब्याङ्क्वेटहल लगायतका सुविधा उपलब्ध रहेका छन् ।

लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठको गत माघ ३ गते मात्र सफ्ट लन्च गरिएको हो भने आगामी मार्चमा ग्राण्ड ओपनिङ्ग गर्ने योजना रहेको बताइएको छ ।

लेमन ट्रि होटल्स लिमिटेडले निकट भविष्यमा नै काठमाडौंमा उपत्यका सहित नेपालका ठुला शहरहरु चितवन, विराटनगर र लुम्विनीमा थप पाँचवटा होटलहरु सञ्चालन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ ।