३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरसहित अन्य देशको भाउमा बृद्धि, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरको भाउ बढ्नुको साथै अन्य केही देशको विनियमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८५ पैसा भएको हो । त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ २९ पैसा तोकिएको छ।

आज एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ५४ पैसा तोकिएको छ । शुक्रबारको तुलनामा बहराईन दिनारको भाउ बढेको हो । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १० पैसा तोकिएको छ । साथै मलेसिया रिंगिटको पनि बढेको छ। 

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ १६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ । त्यस्तै जापानी यनको खरिददर ११ रुपैयाँ ०२ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ०८ पैसा तोकिएको छ । कोरियन वन र जापानी यनको भने शुक्रबारको तुलनामा घटेको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ । यो बढेको हो । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यी दुवै देशको पनि शुक्रबार भन्दा विनिमयदर बढेको छ ।