१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ ।

पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो । उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो ।

त्यसअघि अभियुक्तहरूले काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ । गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी रु चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ । रासस