१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेस महासमिति बैठक: विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र

कांग्रेस महासमिति बैठक: विभिन्न नौ उपसमिति गठन, तयारी तीव्र
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।

गोदावरीमा चार दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो ।

कांग्रेसले महासमितिलाई सम्पन्न गर्न प्रचार–प्रसार उपसमितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा केन्द्रीय सदस्य उदयशमरशेर राणा, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतलाई जिम्मेवारी दिएको जनाइएको छ ।

यस्तै स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा केन्द्रीय सदस्य उर्मिला नेपाल केसी, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा केन्द्रीय सदस्य धना खतिवडा, आर्थिक उपसमितिको संयोजकमा केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा, प्रदेश समन्वय उपसमितिको संयोजकमा बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा ललितपुर कांग्रेसका सभापति जीतेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

स्वदेश तथा विदेशमा रहेका नेपालीले मात्रै नभई मित्रराष्ट्रले समेत चासोका साथ हेर्ने कांग्रेसको महासमितिको बैठक भव्य, सभ्य, व्यवस्थित र परिणाममुखी बनाउन कांग्रेसले पछिल्लो समय सबै उपसमितिलाई पूर्णता दिएर काम सुरु गरिसकेको बताइएको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले पार्टीले गठन गरेका विभिन्न उपसमितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिनुभयो ।

महासमिति बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी गठन गरको र उक्त समितिमा पार्टी केन्द्रीय पदाधिकारी तथा पार्टी प्रवक्तालाई राखिएको छ । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन पार्टीका महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रस्ताव पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसले फागन ७ गते उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रम सो अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । यस्तै सूचना, सञ्चार तथा प्रचार विभागले उत्पादन गरेका सामग्री बिक्री तथा वितरण केन्द्र राख्ने, नेपाली कांग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने, महासमितिको बैठक हल बाहिर विभिन्न चमेनास्थलको व्यवस्था गर्ने जनाएको छ ।

महासमिति बैठकमा फागुन ६ देखि १० गतेसम्म मिडिया सेन्टर स्थापना गरिने, कार्यक्रमको उद्घाटन र समापनको प्रत्यक्ष प्रसारण गरिने, प्रत्येक दिन तीन–तीन घण्टामा सञ्चारमाध्यामलाई समाचार दिने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।

यस्तै महासमिति बैठकसम्बन्धी सबै किसिमका नियमित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधियुक्त ९डिजिटल० एक सूचना केन्द्र स्थापना गर्ने र डिजिटल बोर्डबाट कम्तीमा तीन स्थानमा सूचना दिने व्यवस्था मिलाउनुका साथै महाधिवेशनमा सहभागीले स्मरणका लागि फोटो लिन आकर्षक स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको छ ।

सहभागीलाई दिइने सामग्री: झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदन प्रदान गरिने, महासमिति सदस्य बस्ने मुख्य स्थानबाट कार्यक्रम स्थलसम्म जानआउन नि:शुल्क बस सेवा सञ्चालन गर्ने कांग्रेसले जनाएको छ । यसैगरी कार्यक्रम अवधिभर बिहानको चिया, नास्ता, खाना र दिउँसोको खाजा कार्यक्रमस्थलमै उपलब्ध हुनेछ भने बेलुकाको खाना र आवास सहभागी आफैँले व्यवस्था गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

दुई हजार बढी प्रतिनिधि सहभागी रहने

कांग्रेसको महासमिति बैठकमा देश तथा विदेशबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता १ स्वतन्त्रता, न्याय र समानता ११ नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको महासमिति बैठकमा देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्यले भाग लिनेछन् ।

यस्तै पार्टीको भ्रातृ संस्था, शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत भाग लिने कांग्रेसले जनाएको छ । महासमिति बैठक आउन केही दिनमात्र बाँकी रहँदा धेरै जिल्लाका प्रतिनिधिको नाम टुङ्गो लगाउन बाँकी छ । कांग्रेसले महासमितिमा भाग लिने प्रतिनिधिका बारेमा समेत आजको केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्ने तयारी गरेको छ ।

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले माघ २० गतेसम्म महासमिति बैठकमा भाग लिनका लागि देशभरका एक सय ३८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि टुङ्गो लगाएर पार्टीलाई बुझाइसकिएको जानकारी दिनुभयो । “माघ २० गतेपछि आएका केही क्षेत्रका प्रतिनिधिको नामावलीमा विवाद देखिएको छ, यसका बारेमा हामीले आवश्यक अध्ययन गरिरहेका छौँ, निर्वाचन समितिले हालसम्म एक सय ३८ क्षेत्रको प्रतिनिधि टुङ्गो लगाएको छ, बाँकी २७ क्षेत्रको टुङ्ग्याउन बाँकी छ”, सदस्यसचिव श्रेष्ठले भन्नुभयो ।

निर्वाचन समितिका अनुसार भोजपुर, काठमाडौँको क्षेत्र नं ५ र ६, रामेछाप, पर्वत, धादिङ, दोलखा, बारा, पर्सालगायका जिल्लामा महासमिति सदस्य टुङ्गिन बाँकी छ । निर्वाचन क्षेत्रबाहेक निर्वाचन समितिले पार्टीको भ्रातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट आएका नामावलीसमेत टुङ्गो लगाएर पार्टीलाई बुझाइसकेको श्रेष्ठले बताउनुभयो । सबै क्षेत्रको प्रतिनिधिको नाम टुङ्गिएमा महासमितिमा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।