काठमाडौं । नेकपा नेपाल –दाहाल समुहका नेता योगेश भट्टराई यात्रारत गाडीले रौतहटको चन्द्रनिगाहापुर एक ब्यक्तिलाई ठक्कर दिएको छ । जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको ज १ झ ४२७ नम्बरको गाडीले चन्द्रनिगाहापुरमा साइकलमा यात्रा गरिरहेका ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे सबा सात बजे तीर ठक्कर दिएको थियो ।
घाईते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा उपचार गरिरहेको भएपनि थप उपचारका लागि काठमाडौ पठाउने तयारी भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।











