• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा

आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्नेछौं– कप्तान रोहित



file photo:can

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट शुरुवात गर्दैछ । नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरेका हुन् । नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसिसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् शुरुवात हुन आवश्यक रहेको बताएका हुन् । कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताएका छन् । उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन् ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् शुरुवात गर्ने धारणा राखे । क्यानडाको श्रृंखलाबाट नै लिग–२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताएका छन् । उनले दुवै टोली बलियो रहे पनि आफूहरू हरेक बलका लागि खेल्ने बताए ।

प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताको रहेको विश्वास गरेका छन् । नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् । नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी–२० फरम्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताएका छन् ।

उनले नेपाललाई दर्शकको राम्रो साथ हुने भएपनि आफूहरू त्यसमा खुशी नै हुने धारणा राखे । नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ । यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ) मा छन् ।