५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न रास्वपा पदाधिकारी र केन्द्रीय सदस्य मनोनित ,कसलाई कुन बिभागको जिम्मेवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्नेछौं– कप्तान रोहित



file photo:can
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट शुरुवात गर्दैछ । नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरेका हुन् । नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसिसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो ।

नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् शुरुवात हुन आवश्यक रहेको बताएका हुन् । कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताएका छन् । उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन् ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् शुरुवात गर्ने धारणा राखे । क्यानडाको श्रृंखलाबाट नै लिग–२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताएका छन् । उनले दुवै टोली बलियो रहे पनि आफूहरू हरेक बलका लागि खेल्ने बताए ।

प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताको रहेको विश्वास गरेका छन् । नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् । नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी–२० फरम्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताएका छन् ।

उनले नेपाललाई दर्शकको राम्रो साथ हुने भएपनि आफूहरू त्यसमा खुशी नै हुने धारणा राखे । नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ । यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ) मा छन् ।




भर्खरै