३० कार्तिक २०८१, शुक्रबार
,
Latest
मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसको उम्मेदवार तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो ।

आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १४, जलविद्युत् समूह शून्य दशमलव १३, लगानी समूह शून्य दशमलव २१, जीवन बीमा समूह शून्य दशमलव २७ र लगानी समूह शून्य दशमलव ३७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै वित्त समूह छ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह दुई दशमलव ३८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव १०, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा समूह शून्य दशमलव ४० र अन्य समूहको उपसूचक एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल ९बालाजु० लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू १७ करोड १७ लाख ६४ हजार आठ सय ८० बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर आठ लाख आठ हजार पाँच सय २० बराबरको कारोबार भएको छ ।