२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी र रियल मड्रिड विजयी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब सिटीले डेनिस क्लब कोपनहेगन एफसीलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डि ब्रुएना, बर्नार्डो सिल्भा र फिल फोडेनले एक–एक गोल गरे । कोपनहेगनका माग्नस म्याटसनले एक गोल फर्काए ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिगलाई उसकै घरेलु मैदानमा १–० गोलले हरायो । रियलको जितमा एकमात्र निर्णायक गोल ब्राहिम डियाजले गरे ।

अब दोस्रो लेगका खेलहरु मार्च ७ मा हुनेछन् । जहाँ सिटी र रियलको घरेलु मैदानमा खेलहरु हुनेछन् ।