३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकामा आदिकवि भानुभक्तको शालिक अनावरण प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज छलफल गर्दै मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी र रियल मड्रिड विजयी



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब सिटीले डेनिस क्लब कोपनहेगन एफसीलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डि ब्रुएना, बर्नार्डो सिल्भा र फिल फोडेनले एक–एक गोल गरे । कोपनहेगनका माग्नस म्याटसनले एक गोल फर्काए ।

यस्तै गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिगलाई उसकै घरेलु मैदानमा १–० गोलले हरायो । रियलको जितमा एकमात्र निर्णायक गोल ब्राहिम डियाजले गरे ।

अब दोस्रो लेगका खेलहरु मार्च ७ मा हुनेछन् । जहाँ सिटी र रियलको घरेलु मैदानमा खेलहरु हुनेछन् ।