३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’ ?

कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’ ?
अ+ अ-

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाइन डे’ मनाउँदै आएका छौं ।

विश्वभर आजको दिनलाई युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गर्छन् । प्रेम गर्ने जोडीहरुको लागि निकै विशेष दिन फेब्रुअरी ७ तारिख बुधबारका दिन ‘रोज डे’सँगै सुरु भएको हो ।

फेब्रुअरी ७ तारिख बुधबारका दिन ‘रोज डे’ मनाइएको छ, जहाँ आफ्नो क्रशलाई गुलाबको फूल दिने चलन छ । ‘रोज डे’ पछि ‘प्रपोज डे’ सेलिब्रेट गरिन्छ । प्राय सबैले आफ्नो पार्टनरलाई पूर्ण पर्फेक्ट अन्दाजमा प्रपोज गर्ने गर्ने गरिन्छ ।

‘प्रपोज डे’मा सबैले अ–आफ्नो भावनाहरुलाई एक अर्काबीच साटासाट गर्ने गरिन्छ । मनको कुरालाई आफ्नो क्रशलाई भन्ने सुवर्ण अवसर ‘प्रपोज डे’लाई मानिन्छ । गत फेब्रुअरी ८ तारिखका दिन ‘प्रपोज डे’ मनाइएको छ ।

‘प्रपोज डे’ पछि ‘चोकलेट डे’ मनाइन्छ । यो दिन आफ्नो पार्टनरलाई चकलेट दिने प्रचलन रहेको छ । गत फेब्रुअरी ९ तारिखका दिन ‘चोकलेट डे’ मनाइएको छ । ‘चोकलेट डे’ पछि गत शनिबार (फेब्रुअरी १०) तारिख’ का दिन ‘टेड्डी डे’ मनाइएको छ ।

त्यस्त फेबु्रअरी ११ तारिख, आइतबारका दिन ‘प्रोमिश डे’ मनाइको छ । ‘प्रोमिस ड’का दिन आफ्नो क्रशलाई विभिन्न वाचाहरु गर्ने गरिन्छ ।

फेब्रुअरी १२, सोमबार ‘हग डे’ मनाइएको छ । जहाँ एक अर्कालाई हग गर्ने गरिन्छ । ‘हग डे’पछि फेब्रुअरी १३ तारिख, मंगलबारका दिन ‘किस डे’ मनाइन्छ । यो दिन युगल जोडीहरुले आ–आफ्नो पार्टनरसँग किस गर्ने गर्छन् ।

त्यसपछि आज फेब्रुअरी १४, बुधबारका दिन ‘भ्यालेन्टाइन डे’ भव्यताका साथ मनाइँदैछ । आजको दिन संसारभरी नै युगल जोडीहरुले विशेष दिनको रुपमा मनाउने गछौं ।

तर वास्तवमा यो दिवस किन मनाउन थालिएको हो त ? यो दिवस मनाउनाको ऐतिहासिक कारणबारे चर्चा भने प्रायः कमै मात्र हुने गर्छ ।

वास्तवमा ‘भ्यालेन्टाइन डे’ को के महत्व छ ? यो किन मनाउन थालियो ? र यसको ऐतिहासिक पृष्ठभूमी के हो भन्ने हरेक व्यक्तिले जान्नु आवश्यक छ । कुनै पनि व्यक्तिले आफुले मन परेको व्यक्तिलाई प्रेम प्रस्ताब राख्दा ‘विल यु वि माई भ्यालेन्टाइन ?’ भनेर प्रस्ताव राखेको हामीले देख्दै र सुन्दै आएकै कुरा हो ।

तर यो वाक्य बोल्ने हरेकले बुझ्न जरुरी कुरा के हो भने ‘भ्यालेन्टाइन’ को अर्थ ‘प्रेमी’ होइन, भ्यालेन्टाइन त एक पादरीको नाम हो । एक प्रेमिल जोडीको यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमका लागि दिएको बलिदानको सम्झानामा मनाउँछन् ।

ईशा पूर्व (इ.पु.) २७० मा रोमन सम्राट क्लडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रेम र विवाह प्रतिबन्ध गरे । यसले गर्दा त्यसबेलाका जवान युवायुवातीहरु निकै दुखी भए ।

‘भ्यालेन्टाइन डे’लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो । सम्राटको आज्ञाको बिरुद्ध जाने कसैले हिम्मत गरेका थिएनन्, तर सेन्ट भ्यालेन्टाइनले लुकीछिपी युवायुवतीको विवाह गराइदिन थाले किनभने ऊनी सम्राटको निर्णयलाई धर्मविरुद्ध ठान्थे ।

सम्राटको आज्ञा तोडेको आरोपमा उनलाई ई पू २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमलाई भगवानको प्रसाद ठान्ने उनै पादरीको सम्झनामा ‘भ्यालेन्टाइन डे’ मनाउन थालिएको हो ।

‘भ्यालेन्टाइन डे’ लाई सुक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने यो प्रेमको दिवस भन्दा बढी प्रेमको लागि गरिएको बिद्रोह हो ।

तर पछिल्लो समय प्रणय दिवसको परिचय नै परिवर्तन भएको छ । प्रणय दिवस भन्नाले साँचो प्रेम प्राप्त गर्नु भन्दा बढी शारीरिक सम्बन्ध स्थापनाको माध्यम बनेको छ । कसैको लागि महङ्गा उपहार प्राप्त गर्ने विशेष अवसर बनेको छ ।