१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

खो खो उपविजेता टोलिलाई रास्वपाको सम्मान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको नयाँ दिल्लीमा सम्पन्न खो खो विश्वकपमा उपविजेता बनेका नेपाली पुरुष र महिला दुवै टोलीलाई बधाई दिएको छ ।

रास्वपाले केन्द्रिय कार्यालयमा आयोजित एक समारोहका बीच टोलिलाई बधाई तथा शुभकामना दिएको हो ।

यो सफलता टोलिको अथक मिहिनेत, प्रतिबद्धता, र नेपालप्रतिको अपार माया तथा समर्पणको परिणाम रहेको भन्दै यस उपलब्धिले नेपाललाई विश्वमञ्चमा गर्व गर्नलायक स्थान दिलाएकोमा गौरवान्वित भएको रास्वपाले जनाएको छ ।

भविष्यका दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ चुम्ने हौसला प्राप्त होस् भन्ने शुभकामना पनि रास्पपाले टोलिलाई दिएको छ ।