• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट ★   सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत ★   नेपाललाई पहिलो सफलता ★   नेदरल्यान्ड्सको सानदार सुरुवात ★   न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको क्लीन स्वीप ★   फुटबलर मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ ★   ईलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय ★   विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ: सांसद शाही ★   बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै ★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा

पाल्पामा जीप दुर्घटनाः आठ जनाको मृत्यु



काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाल्पाको डुम्रेबाट चिदिस जाँदै गरेको जीप मंगलबार दुर्घटना भएको हो ।

लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।