• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   फुटबलर मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ ★   ईलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय ★   विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ: सांसद शाही ★   बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै ★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा ★   नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य ★   सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण ★   जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल ★   नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो ★   सासंद खतिवडाको कटाक्ष: कुचो र क्यामरा बोकेर मन्त्री किराँती मन्त्रालयमा, काम भने कमिसनको चक्करमा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।

शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर बमोजिम शर्मालाई सजाय माग गरेको छ । रासस