१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्यान्नबालीमा आत्मनिर्भर बनाउन सरकार लागिपर्छ: कृषिमन्त्री



file photo
अ+ अ-

मकवानपुर । सङ्घीय कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले मुलुकमा खाद्यान्नबालीतर्फ धान, मकै, गहुँलाई दिगोरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले गुरुयोजनासहित किसानको घरदैलोमा पुग्ने र उत्पादनलाई आधुनिक प्रविधिमा जोड्ने मूल लक्ष्य लिएको बताउनुभएको छ ।

हेटौँडाको ५५औँ नगर स्थापना दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिकाद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि उत्पादन, पशुपालन र माछाको उत्पादन वृद्धि गर्न सरकारले अब स्थानीय निकायलाई बहुवर्षीय योजना अन्तर्गत स्रोतसाधनसहित जनशक्ति उपलब्ध गराउनेतर्फ गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

मुलुकमा खाद्यान्नको अभाव हुने अवस्थाको अन्त्यका लागि सङ्घीय सरकारले तत्कालै रु ५५ अर्बको खाद्यान्न बाह्य मुलुकबाट आयात गरिने लक्ष्यका साथ स्रोतसाधन परिचालन गरेको उहाँले बताउनुभयो । मन्त्री भुसालले प्रदेशका स्थानीय तहले पनि आ–आफ्नो निकायमार्फत् स्थानीयस्तरमा खाद्यान्नबाली, मौसमी तरकारी, दूध उत्पादन र माछाको उत्पादनका लागि वार्षिक कार्यक्रम तर्जुमा गरिँदा थप स्रोतसाधन परिचालन गर्नेतर्फ जिम्मेवारीबोध गर्न आह्वान गर्नुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले उपमहानगरपालिकाले वडा नंं १ देखि १९ सम्म भूगोल अनुसारको कृषि उत्पादन, पशुपालन र माछापालनका लागि कृषि पकेट कार्यक्रम तर्जुमा गरिएको र स्थानीय किसानलाई उन्नत प्रविधिबाट खेती गर्ने प्रावधानलाई अघि बढाउन आवश्यक जनशक्ति परिचालन गरिने बताउनुभयो । मकवानपुरलाई खाद्यान्नतर्फ आत्मनिर्भर बनाउने लक्ष्यका साथ उपमहानगरपालिकाले काम गरेको उहाँको भनाइ थियो ।

सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकार सूर्यप्रसाद सेढाईं, हेटौँडा उप–महानगरपालिकाका उपप्रमुख राजीव बानियाँ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मकवानपुरका उपसचिव सीता विष्टले जिल्लाका स्थानीय तहले जनताको पूर्वाधार विकासका साथै कृषि उत्पादन, पशुपालनका लागि घाँसखेती र सिँचाइको थप योजनालाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो । रासस