३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकामा आदिकवि भानुभक्तको शालिक अनावरण प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज छलफल गर्दै मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग–२ का शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने



अ+ अ-

काठमाडौँ । आइसिसी लिग–२ यही बिहीबार (फेब्रुअरी १५)देखि नेपालमा सुरु हुँदैछ । सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा सञ्चालन हुनेछन् ।

गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकामा यसपटकको लिग–२ मा भने आठ टोली भिड्दैछन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

यी हुन् लिग–२ खेल्ने टिमहरुः
नेदरल्याण्ड्स
नेपाल
नामिबिया
स्कटल्याण्ड
संयुक्त अरब इमिरेट्स
ओमान
क्यानडा
संयुक्त राज्य अमेरिका

खेलतालिकाः