१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने

माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने
अ अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् ।

राजधानीको प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष प्रचण्डले मस्यौदा विधान पेश गरेका हुन् । उनले मस्यौदामाथि २० समूहमा छलफल हुने जानकारी दिएका छन् ।

समूह टोली नेताहरुले समूहमा छलफल गरेर निष्कर्ष पेस गर्ने एक नेताले जानकारी दिए । जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती र समूह १० मा जोखबहादुर महराको टोली चयन भएको छन् ।

यस्तै, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ, १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् ।

अधिवेशनमा पार्टीका करिब १२ सय प्रतिनिधि सहभागी रहेका छन् । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।