२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको विधान मस्यौदामाथि २० समूहमा छलफल हुने



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् ।

राजधानीको प्रज्ञा भवनमा जारी बैठकमा अध्यक्ष प्रचण्डले मस्यौदा विधान पेश गरेका हुन् । उनले मस्यौदामाथि २० समूहमा छलफल हुने जानकारी दिएका छन् ।

समूह टोली नेताहरुले समूहमा छलफल गरेर निष्कर्ष पेस गर्ने एक नेताले जानकारी दिए । जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती र समूह १० मा जोखबहादुर महराको टोली चयन भएको छन् ।

यस्तै, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ, १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् ।

अधिवेशनमा पार्टीका करिब १२ सय प्रतिनिधि सहभागी रहेका छन् । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।