१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन जारी

अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन जारी
अ अ+ अ-

अयोध्या ।मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ ।

अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र अनन्त मूल्यमान्यताको विजयको प्रतिकका रूपमा पाँच सय वर्षपछि भव्य मन्दिर निर्माण भएको बताउदै आँखाबाट आँसु झार्नुभयो । मन्दिर निर्माण पछि भगवान राम नै यहाँ आएको विश्वास व्यक्त गर्दै आचार्यले अव यहाँका स्थानीयलाई अपार आनन्द मिल्ने बताउनुभयो ।

यसै सन्दर्भमा अर्का जना भक्तले अयोध्या आएर आफ्नो यात्रा पूरा भएको छ बताउनुभयो । भगवान श्रीरामको आगमनको प्रतिक्षामा अयोध्याको भौगोलिक क्षेत्रलाई सुन्दररुपले तरिकाले सजाइएको छ । मन्दिरको जटिल काम पनि असाधारणरूपमा सुन्दर छ । भारत बाहिरबाट आएका मानिसका लागि कुनै कठिनाई नभई सबै कुराको व्यवस्थापन छ ।

विद्यार्थीसँगै आएका लखनऊका एकजना शिक्षकले आपूmहरु एउटा प्रतियोगिताका लागि अयोध्या आएको बताउँदै यहाँ आइपुगेपछि आपूmले राम मन्दिर पनि भ्रमण गरेको बताउनुभयो । मन्दिर देखेर अद्भुत महसुस गरेको बताउनुभयो । ठुलो सङ्घर्षपछि मन्दिर निर्माण सम्भव भएपछि मन्दिर परिसरमा आउँदा खुशी र सफलता हासिल गरेको अनुभव भएको उहाँको भनाइ छ । मन्दिर निर्माण सँगसँगै अयोध्यामा पनि उल्लेखनीय विकास स्वरुप सडक निर्माण गरिएको ती शिक्षकको भनाइ छ ।

परिणाम स्वरुप पर्यटकीय वातावरण पनि वृद्धि भएकाले चारैतिरबाट पर्यटकहरू निरन्तर आइरहेको उहाँले बताउनुभयो । यसअघि अमिताभ बच्चनले शुक्रबार मन्दिरको भव्य उद्घाटनमा छोरा अभिषेक बच्चनसहित राम लल्लाको पूजा गर्नुभएको थियो ।

बुधबार सुरिनामको प्रतिनिधिमण्डलले अयोध्याको भ्रमण गरेको थियो । सुरिनामको राष्ट्रियसभाका अध्यक्ष मारिनस बीको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार अयोध्या पुगि आध्यात्मिक र सांस्कृतिक गतिविधिसहित राम लल्लाको मूर्तिको पूजा गरेको थियो ।

मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा अरुणाचल प्रदेशको मन्त्रिपरिषद्ले अयोध्यामा राम मन्दिरको भ्रमण गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयअनुसार भगवान राम लल्लाको प्राण प्रतिष्ठापछि राम लल्लाको दर्शन र पूजा गर्ने अरुणाचल प्रदेशबाट आएका तिनीहरू पहिलो राजनीतिक प्रतिनिधिमण्डल थिए ।

जनवरी २२ मा मन्दिरमा श्री राम लल्लाको ‘प्राण प्रतिष्ठा’ सम्पन्न भएको थियो । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुजारीको नेतृत्वमा अनुष्ठान गर्नुभएको थियो ।