१२ मंसिर २०८१, बुधबार
,
Latest
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको अन्तरिम आदेश ‘पुष्पा–२’ को सुटिङ पूरा फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय उद्योगहरूको बिजुली नकाटिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिईन् ।

उपप्रमुख डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो ।

अस्पतालको फोहोर वर्गीकरणमा गलत प्रक्रिया अपनाएको बताउदै उपप्रमुख डंगोलले भनिन्, ‘अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’

यस्तै, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अस्पतालले फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना समेत नगरेको बताए । श्रेष्ठले भने, ‘यस्ता कार्यले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो । स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर उठाउँदैनौं ।’