• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने



काठमाडौँ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ । अस्पतालको फोहोर व्यवस्थापनमा कमजोरी देखेपछि फोहोर नउठाउने निर्णय गरेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिईन् ।

उपप्रमुख डंगोल नेतृत्वको टोलीले अनुगमनका क्रममा अस्पतालको फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी अस्पताललाई दिइएको हो ।

अस्पतालको फोहोर वर्गीकरणमा गलत प्रक्रिया अपनाएको बताउदै उपप्रमुख डंगोलले भनिन्, ‘अरूलाई नमूना भएर देखाउनु पर्ने अस्पतालहरु आफैंले कमजोरी गरेको देखियो । अस्पतालमा फोहोर छुट्याउन बाल्टिन राखिएको देखियो तर हरेक बाल्टिनमा सबै खालको फोहोर मिसाइएको थियो, यो गलत प्रक्रिया हो।’

यस्तै, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अस्पतालले फरक प्रकृतिको फोहोर राख्न रंग संकेतको पालना समेत नगरेको बताए । श्रेष्ठले भने, ‘यस्ता कार्यले हानिकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिएपछि अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनु पर्ने अवस्था आएको हो । स्रोतमा फोहोर छुट्टिएको, हानिकारक फोहोरलाई निर्मलीकरण गरिएको, निर्मलीकरण भएपछिको फोहोर पनि पुन प्रयोग हुन सक्ने र नसक्ने प्रकृतिमा छुट्टिएको यकिन नहुञ्जेल फोहोर उठाउँदैनौं ।’