१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया उडेका गायक नितेशजंगलाई किन हङकङबाटै काठमाडौँ फर्किनुपर्यो ?



अ+ अ-

काठमाडौँ । एक सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् ।

‘द रिबर्थ’ टुरका लागि अस्ट्रेलिया उडेका उनी हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि काठमाडौँ फिर्ता भएका हुन् ।

६६ घण्टा ट्रान्जिटमै बिताउनुपरेका उनले पासपोर्ट खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागेका थिए । तर, नभेटेपछि उनी काठमाडौँ फर्कनु परेको छ । कुँवर हङकङबाट नेपाल फर्किएको उनकी प्रेमिका तथा गायिका समृद्धि राईले जनाएकी छिन् ।

फेसबुकमा एक स्टाटस राख्दै जानकारी दिएकी राईका अनुसार कुँवर, आमा र उनी अस्ट्रेलियातर्फ उडेका थिए । कुँवर नेपाल फर्किए पनि आमा र समृद्धि चाहिँ अस्ट्रेलिया उडेका छन् ।

कुँवर नेपाल फर्किएपछि उनको ‘रिबर्थ’ अस्ट्रेलिया टूर भने प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भए पनि अन्य सहरको कार्यक्रम भने निर्धारित समयमा हुने राईले जनाएकी छन् । हराएको पासपोर्ट पुनः बनाएर फर्किन कुँवर काठमाडौँ आएका हुन् ।