६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयरबजारमा आज कुन-कुन कम्पनीले कति कमाए



अ+ अ-

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ मा पुग्दा नेप्से १.६४ प्रतिशतले बढेको हो । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीको एक करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, बरूण हाइड्रोपावर कम्पनी लिमिटेड,आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।