१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै

पर्यटक आकर्षण गर्न उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाइँदै
अ अ+ अ-

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई व्यवस्थित बनाउन थालिएको छ ।

सो बुद्ध विहार करिब १२ वर्ष अगाडि निर्माण सुरु भएर गत वैशाखमा सम्पन्न भएको थियो । सीमित स्रोतसाधनमा निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गराउन थालिएको हो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला थप्नेसँगै प्रतिक्षालय निर्माण र बगैँचा बनाउन लागिएको हो । आकर्षक शैलीले निर्माण भएको बुद्ध विहारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थालेपछि व्यवस्थापनमा जोड दिइएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै रहेको हुँदा धेरै पर्यटक यहाँ पुग्न थालेको पाइन्छ । बुद्ध विहार स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड लागतमा निर्माण भएको र यसलाई व्यवस्थापन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेपछि थप आकर्षक र व्यवस्थित बनाउन थालेको गलकोट–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई आर्थिक अभावका कारण सोचेअनुसार बनाउन नसकेको भन्दै विस्तारै बजेट मागेर काम गरिरहेको उहाँको भनाइ छ ।

विहार क्षेत्रमा पर्यटक बढाउन प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा, पदमार्ग, पोखरी निर्माण गर्ने, वनभोज स्थल निर्माण गर्ने योजना रहे पनि बजेट कम हुँदा काम गर्न नसकिएको उहाँको भनाइ छ । यस वर्ष बुद्ध विहारको तला व्यवस्थापनसँग त्यस वरपर व्यवस्थित बगैँचा बनाउने र प्रतिक्षालय निर्माण गर्नेगरी योजनाको काम अगाडि बढेको अध्यक्ष श्रीस बताउनुहुन्छ ।

“बजेट अभाव र विभिन्न कारणले १२ वर्षपछि मात्रै बुद्ध विहार निर्माण गर्न सफल भएका थियौँ, तर जुन प्रकारको बन्नुपथ्र्यो, त्योअनुसारको कममात्रामा भयो, बजेट पर्दैछ, अब विस्तारै भए पनि पूर्णता दिने प्रयास गरिरहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यो ठाउँ अत्यन्तै पर्यटकीय सम्भावना बोकेको हुँदा बुद्ध विहारले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ, अहिले त्यति व्यवस्थित भएको छैन, तर पनि मासिक डेढ/दुई सय पर्यटक आउने गर्नुभएको छ ।”

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले उदय रिघा बुद्ध विहारलाई नगरपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । यस क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर विकास गर्न थालेको उहाँको भनाइ छ । बुद्ध विहार गलकोटको महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको भन्दै योसँगै अन्य धार्मिक पर्यटकीय गन्तव्यमा संरचना निर्माणमा जोड दिइएको भण्डारी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बुद्ध विहारलाई यस वर्ष प्रदेश सरकारले थोरै भए पनि बजेट विनियोजन गरेर सहयोग गरेको छ, हामीहरुले यसमा बर्सेनि लगानी गर्दै आएका छौँ, यो ठाउँ निकै रमणीय रहेको हुँदा बाहिरबाट पनि धेरै पर्यटक आउने गरेका छन्, सडक अलिकति अप्ठ्यारो छ, यसको स्तरोन्नतिका लागि माथिल्लो तहका सरकारसँग सहकार्य गर्ने योजना बनाएका छौँ, केही वर्षमा यो ठाउँ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने निश्चित छ ।” रासस