१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

सिम्रौनगढमा पोखरी खन्दा भगवान् विष्णुको १३ औँ शताब्दी जस्तो देखिने प्राचीन मूर्ति फेला

सिम्रौनगढमा पोखरी खन्दा  भगवान् विष्णुको १३ औँ शताब्दी जस्तो देखिने प्राचीन मूर्ति फेला
अ अ+ अ-

बारा । सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ हरिहरपुर टोलमा पोखरी खन्ने क्रममा भगवान् विष्णुको १३ औँ शताब्दी जस्तो देखिने प्राचीन मूर्ति फेला परेको छ । पोखरी खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।
स्थानीय किसुन्दर महतो कोईरीको खेतमा माछापालनको लागि जेसिबी मार्फत पोखरी खन्ने क्रममा प्राचिन मूर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो ।
कालो रङ्गको ढुङ्गाको उक्त मूर्तिलाई सोही ठाउँमा रहेको महादेव मन्दिरमा राखिएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
खेत खन्ने क्रममा ऐतिहासिक सिम्रौनगढ क्षेत्र आसपासमा यसअघि पनि प्राचिन देवी, देउताहरुको मूर्ति फेला पर्दै आएकोले यसको संरक्षणको लागि सरकारले ध्यान दिनुपर्ने माग सिम्रौनगढबासीले गरेकाछन् ।
फेला परेको मूर्ति सात फिट लामो र चार फिट चौडाई भएको १३ औँ शताब्दीको मूर्तिको पुनः प्रतिस्थापनका लागि स्थानीयहरुले सोही वडामै राख्न भित्री रुपमा मनसाय बनाएको वडा नम्बर–४ का वडा अध्यक्ष राजेशप्रसाद यादवले बताउनुभयो ।
ऐतिहासिक तथा वैभवशाली मानिएको सिम्रौनगढ क्षेत्र बाईसे, चौबिसे राज्य मध्ये सबभन्दा ठुलो साम्राज्य भएको राज्य समेत रहेको इतिहासमा उल्लेख पाईन्छ ।
शताब्दीकै सिम्रौनगढ राज्यमाथि भारतको ठुलो भू–भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासुदिन तुलकले आक्रमण गरेर सिम्रौनगढ क्षेत्रका भव्य संरचना, मन्दिर तथा मूर्तिहरु नष्ट गरेपनि त्यसको पुरातत्विक प्रमाणहरु अझ पाई राखेको छ ।