• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

नवलपरासीमा धारिलो हतियार प्रहार गरी हजुरबुवा र नातिको हत्या



काठमाडौं । पश्चिम नवलपरासीमा हजुरबुवा र नाती मृत फेला परेका छन् । सुस्ता गाउँपालिका-३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका हुन् ।

दुबैजनाको शब आज बिहान घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ फेला परेको हो । उनीहरूको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी रमेश बोहराले जानकारी दिए ।

यक्षलाल छोरा, बुहारी र दुई नाति र एक नातिनीसँग बस्दै आएका थिए । छोरा रोजगारीको सिलसिलामा भारत गएका र बुहारी एक छोरा र एक छोरीलाई लिएर भारतस्थित माइत गएकी थिइन् । घरमा यक्षलाल र नाति गौचरण मात्र बस्दै आएका थिए ।

घटनास्थलमा तालिमप्राप्त कुकुर खटाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।