२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले पार्टीको नाम र चिन्ह आफूहरुलाई दिने नेपाल र दाहालको आशा



फाईल फाटो
अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्ने बताउनुभएको छ । 

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफुहरुले पाउने दाबी गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उहाँले केही दिन भित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अर्को सेटिङ पनि भत्किदैछ, निर्वाचन आयोगवाला सेटिङ । हेर्नुहोला, मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु केही समय भित्रै निर्वाचन आयोगले उहाँलाई यो पार्टी उहाँको आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सुर्य चिन्ह र नाम वहाँहरुकै हो भन्ने फैसला हुन्छ । यसमा एक इन्चपनि शंका गर्नु पर्दैन ।’ अध्यक्ष प्रचण्डले केपी ओली पाहा झैँ पछारिएको टिप्पणी गर्नुभयो । ओली पाहा पछारिएझैँ पछारिएपनि हामिले जित्यौ झन बलियो भयौँ भन्दै हिडेको उहाँको भनाई छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उहाँले बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भा छ । अधिकार नै नभएको कुरा कहाँ बाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामिले चयन गरिसकेका छौँ । अब केपी ओली दलको नेतापनि रहनुभाको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे हुन्छ । हामिलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरेपनि हुन्छ ।’

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताउनुभयो । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडी जान नसक्ने भन्दै उहाँले आफुहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गर्नुभयो ।