२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



अ+ अ-

काठमाडौ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएकाे छ ।

निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलमा साविककाे खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रू. २ ले वृद्धि गरेकाे जनाएकाे छ । 

भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्यबृद्धि गरेको जनाएकाे छ । 

फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११६, डिजेल र मट्टितेलको मूल्य रु ९९ तथा आन्तरिक हवाई इन्धनको मूल्य रू ५ थप गरी रु ७२ प्रतिलिटर तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर २५ थप गरी ८९३ अमेरिकी डलर कायम गरिएकाे निगमका प्रवक्ता विनित मणि उपाध्यायले जारी गर्नु भएकाे विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ ।

नयाँ मूल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर रु. ८.४२, डिजेलमा प्रति लिटर रु. ६.५६ तथा एलपी ग्यासमा प्रति सिलिन्डर रु. ३९२.८२ घाटा रहेको जनाउँदै अर्ध मासिक रुपमा एक अर्ब ३२ करोड घाटा हुने भएपनि त्यस्तो घाटा रकमलाई मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिएको निगमले जनाएको छ ।

नेपालको सीमावर्ती भारतीय बजारमा नेपालमा तोकिएको मूल्यभन्दा पेट्रोलमा प्रति लिटर ३५.९३ र डिजेलमा रु. ४२.०७ ले बढी मूल्य रहेको निगमका प्रवक्ता उपाध्यायले बताउनुभएको छ ।

निगमले यसअघि यही फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।