१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी
अ अ+ अ-

झोता । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो ।

खप्तडछान्ना गाउँपालिका स्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्प तर्फ स्वर्ण पदक जित्नुभएको हो । पाँच दशमलव छ फिट उचाइ जम्प गर्दै उहाँले स्वर्णपदक हात पार्नुभएको हो । अहिले उहाँलाई ‘उड्ने चरो’ भनेर सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेख्नुभएको छ, “ओएमजी ! खप्तड (खप्तडछान्ना गाउँपालिका)को उड्ने चरो रहेछ त । प्वाख फिटिङ गरेको छ कि क्या हो ।” त्यस्तै विकास जप्रेल नाम गरेका अर्का व्यक्तिले लेख्नुभएको छ, “यो भाइ त चरो हो । चरोको जस्तै उड्छ । म त यिनको फ्यान भइसकेँ”, यसरी सागरले सामाजिक सञ्चालमा चर्चा कमाइरहनुभएको छ ।

सागर खप्तड माविमा कक्षा ९मा पढ्नुहुन्छ । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहनुभएका उहाँ विशेषगरी एथलेटिक्स र सङ्गीतमा रूचि राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । सङ्गीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।”

उहाँका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उहाँ एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्नुहुन्थ्यो । “यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम गर्‍यो ।” सागरले भन्नुभयो ।

को हुन् सागर ?

चौध वर्षअघि बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ मा जन्मिएका सागर पाँच वर्ष नपुग्दै बुवा बुदेसँग भारतको नयाँ दिल्ली जानुभयो । पछि आमासहित दाइ दिदीहरू गएपछि उहाँहरूको बाल्यकालको समय भारतमै बित्यो ।

किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आएका बुदे बेला–बेलामा सबै सन्तानलाई भारतमा घुमाउनुहुन्थ्यो । सागर जन्मपछि भने उहाँहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उहाँहरू दिल्लीमा बस्न थाल्नुभयो ।

सागरकी जेठो दिदी विपनाका अनुसार सङ्गीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुवाआमा भारत जानुभएको थियो । भारतमा पनि उहाँहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । “भारतमा पनि बुवाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे”, विपनाले भन्नुभयो ।

“मैले दु:खसुखले पढेपछि बझाङको खप्तडछान्नामा बिहे गरेँ”, उहाँले भन्नुभयो, “त्यसपछि खप्तडछान्ना स्वास्थ्यचौकीको प्रयोगशाला फाँटमा जागिर पाइयो । बुवाआमालाई सजिलोका लागि कान्छो भाइ विवेकलाई समेत ल्याए र खप्तड माविमा भर्ना गराए ।”

विवेक विद्यालयमा पनि अहिलेसम्म मध्यम क्षमता भएको विद्यार्थीमा गनिनुहुन्छ । उहाँले भन्नुभयो “भाइलाई बझाङ ल्याएपछि उसले निकै फुर्सद मानेर खेलकुद, सङ्गीत तथा पढाइलाई सँगसँगै लिइरहेको छ ।” पछि नतिजा राम्रै आउनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । रासस