४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महासमिति बैठक: आवास समन्वय उपसमितिमा दश सदस्य थप



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ ।

कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो ।

नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन रहनुभएको छ । यस्तै कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, कोन्जेसोम गाउँपालिकाका उपाध्यक्ष गणेश केसी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।