१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छः राष्ट्रपति भण्डारी

मुलुकलाई एकताबद्ध गराउन स्रष्टाको उल्लेख्य योगदान छः राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई एकताबद्ध गराउन स्रष्टाहरुको उल्लेख्य योगदान रहेको बताउनुभएको छ ।

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उहाँले नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उहाँको विशिष्ट पहिचान भएको बताउनुभयो । “रेडियो नेपालको स्थापनासँगै नातिकाजी उदाउनुभएको हो”, उहाँले भन्नुभयो, “नातिकाजीद्वारा सिर्जित राष्ट्रिय भावका गीतको जगेर्ना गर्नु अति आवश्यक छ ।” राष्ट्रपति भण्डारीले नातिकाजीको सिर्जनाले कर्मक्षेत्रमा लागिरहन थप प्रेरणा मिल्ने छ भन्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगदद्वारा सम्मान गर्नुभयो । नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७६ बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्वय बालकृष्ण सजिव र चुडामणि देवकोटा, वरिष्ठ तवलावादक राजु अग्रवाल, वरिष्ठ सङ्गीतकार सुनिल मास्के, राजु सिंह, मदनसिंह नेपाली, मनोहर सुनाम, प्राज्ञ शान्तिराम राई र महेश खड्का हुनुहुन्छ ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका प्राश्ना शाक्य, गायक एंव सङ्गीतकार चेतन सापकोटा, गीतकार दयाराम पाण्डे तथा गायक एंव सङ्गीतकार सुगम पोख्रेल हुनुहुन्छ । यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका मेलिना राई, सङ्गीतकार एंव गीतकार बसन्त सापकोटा, गायक सुरजकुमार थापा तथा गीतकार हर्क साउद हुनुहुन्छ ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कारबाट सङ्गीतकार, सङ्गीत संयोजक तथा वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विदुर गिरी र श्याम स्मृत, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कारबाट शास्त्रीय सङ्गीत साधक विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कारबाट लोक गायक बद्री पँगेनी र नातिकाजी राष्ट्रिय सम्मान पुरस्कारबाट नवराज केसी र जारा प्रसाइ सम्मानित हुनुभएको छ ।

यसैगरी नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७६ बाट नोर्वु छिरिङ लामा सम्मानित हुनुभएको छ । सो अवसरमा बाल गायिका जारा प्रसाईं, सुगम पोखरेल, प्राश्ना शाक्य, मेलिना राई र सुरज थापाले आआफ्नो साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नातिकाजी स्मृति समाजका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ सङ्गीतकार प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र राजेन्द्र थापालगायतको उपस्थिति थियो ।