• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने



काठमाडौं । अपिपावर कम्पनी लिमिटेडको मुख्यलगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । आईपीओ निश्कासनका लागि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १०० अंकित दरका २० लाख कित्ताले हुन आउने रकम २० करोडको आईपीओ निष्कासन गर्नेछ ।

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण १ सय ३५ करोड नेपाल एस.वि.आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपिपावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ ।

आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रो मेकानिक सामाग्रीहरु जडान गरी अवको १० महिनाभित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि. डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत् मातातीर्थ, काठमाडौं ल्याइनेछ ।

यस समूहबाट प्रवद्र्धित कम्पनीहरुबाट हालसम्म १०० भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्‍याएको छ ।