५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
अ+ अ-

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी चोकमा ‘घर फिर्ती’ शीर्षकमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन गर्नुभयो । प्रदर्शनीले अष्ट्रेलियाबाट नेपाल फर्किएर आफ्नो समुदाय र देशको समृद्धिका लागि योगदान पुर्याइरहनुभएका नेपालीको कथा दर्शाउँछ ।

अष्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले सृजना गर्नुभएको उक्त प्रदर्शनीलाई अष्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको हो । प्रदर्शनीमा निजी र अष्ट्रेलिया सरकारको छात्रवृत्तिमा अष्ट्रेलियामा आर्जन गरेको सीप र ज्ञान नेपाल फर्केर सिपालु उद्यमी, सामाजिक कार्यकर्ता, ‘सेफ’ वा ‘डिजाइनर’का रूपमा स्वदेशमा नै सम्भावनाको खोजी गरेका वास्तविक कथा समेटिएका छन् ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजदूत भोल्कले प्रदर्शनीबाट विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका अरु युवालाई नेपाललाई नै आफ्नो अन्तिम गन्तव्य बनाउन प्रेरित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीको उपस्थितिले अष्ट्रेलिया खुसी हुन्छ तर व्यावसायिक सीपयुक्त नेपालीहरू नेपालको दुरगामी समृद्धि र प्रगतिका लागि यहाँ आएर उपलब्ध सम्भावनाहरूको खोजी गर्न कति आवश्यक छ भन्ने कुराका बारेमा पनि जानकार छ ।”

राजदूत भोल्कले भन्नुभयो, “प्रदर्शनीमा समावेश एघार व्यक्तिहरूको प्रयास, निरन्तको लगाव र सफलताको उत्सव मनाउँछु । उनीहरुको कथाले अरुलाई पनि विश्वभरबाट सीप र अनुभव आर्जन गर्ने र सम्बन्धहरू स्थापना गर्ने र ती सबैलाई नेपालमा ल्याएर प्रयोग गर्ने प्रेरणा मिल्छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

जो रयान्खन हाल काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा क्राफ्ट एण्ड डिजाइन विषयमा अध्ययन गरिरहनुभएको छ । प्रदर्शनीका बारेमा उहाँ भन्नुहुन्छ, “घर फर्किनु प्रदर्शनीले दर्शकहरूलाई नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि उपलब्ध सम्भावनाहरूको बारेमा सोच्न आमन्त्रण गर्दछ ।

यो प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भइरहेको युवाहरुको विदेशिने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्कँदा हुने सकारात्मक प्रभावहरूलाई दर्शाउने, त्यसरी फर्कनेहरूको साहसको उत्सव मनाउने रहेको छ । प्रदर्शनीमा राखिएका कथा र अन्य यस्तै लाखौँ कथाहरू नेपालभर भेटिने कथाले विदेशबाट नेपाल फर्कनु कुनै असफलता होइन र यसले आफ्नो क्षमताको खोजी गर्ने नयाँ अवसर प्रदान गर्दछ ।”

प्रदर्शनी महारानी चोकमा जेठ ३ गते सम्म र काठमाडौँ नयाँसडकस्थित भूगोलपार्कमा जेठ ४ देखि जेठ १० गते जारी रहने छ । रासस