• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत छ: शिक्षा राज्यमन्त्री



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गर्नुभएको हो । उहाँले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अख्तियारले प्रश्न गरेको व्यक्ति अहिले युनिर्भसिटी ग्रान्ट काउन्सिल(क्युएए, काउन्सिल)मा पदाधिकारीको रुपमा छ । र सर्टलिस्टेडमा उहाँको नाम पनि छ । अहिलेको पदाधिकारीमा उहाँ हुनुहुन्छ नि नेपाल सरकारको । र सिफारिस समितिमा त्यो निवेदकको बिरुद्ध कुनै उजुरी पनि परेको छैन । त्यसैले त्यो प्रोसेसमा छ । बौद्धिक चोरी पछि, भिसी भएर समय समाप्त भएपछि यसपालि भिसी लिस्टमा रहेको अब कसैमाथि आरोप लागेको छ वौद्धिक चोरी गरेको छ भनेर, त्यो समय समाप्त भएपछि पनि त उहाँ भिसी पदमा बस्नुभएको थियो । र उहाँको सम्बन्धमा पनि कुनै उजुरी सिफारिस समितिमा परेको छैन ।’

‘त्यसैले उहाँ सर्टलिष्टमा पर्नुभएको छ । सूचना लुकाएको जुन आरोप लागेको छ, त्यो व्यक्ति हाल टियुको निमित्त भिसीमा हुनुहुन्छ । जसलाई आरोप लाग्यो तर उहाँ अहिले त निमित्त भिसी त हुनुहुन्छ । अहिले नेपाल सरकारको एउटा पदमा हुनुहुन्छ उहाँ । र उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । किनकी सिफारिस समितिमा उहाँको बिरुद्धमा कुनैपनि उजुरी परेको छैन । त्यसैले उहाँपनि सर्टलिस्टमा पर्नुभएको छ । त्यसैले मलाई पूर्ण विश्वास छ, सिफारिस समितिले जुन प्रोसेस अगाडी बढाएको छ भिसी सेलेक्शन सम्बन्धमा । त्यो प्रोसेस एकदम कानूनसम्मत छ ।’

राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमवार(आज)देखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडी बढेको जानकारी पनि दिनुभयो ।