२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

कार्लोसलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका २ अमेरिकी नागरिक जापानको जिम्मा, आजै जापान ल्याइदै

कार्लोसलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका २ अमेरिकी नागरिक जापानको जिम्मा, आजै जापान ल्याइदै
अ अ+ अ-

दीपक गौतम, टोकियो । निशान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोंनलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका अमेरिकी विशेष फोर्स पूर्व २ सदस्यलाई जापानको जिम्मा लगाइएको छ ।

आर्थिक अपचलनको आरोपमा पक्राउ परेका कार्लोस अदालतमा मुद्दा चलिरहेकै बेला लेबनान भागेका थिए । कार्लोसलाई भाग्न सहयोग गरेको आरोपमा अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना २ नागरिक ६० बर्षका माइकल टेलर र २८ वर्षका पिटर टेलरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाएको हो । 

उनीहरु बाउ छोरा रहेको र उनीहरुलाई लिएर अमेरिकाको बोस्टनको एयरपोर्टबाट जापानका लागि बिमान उडेको एनएचके ले समाचार छापेको छ । जमानतमा रहेका निसानका पूर्व अध्यक्ष कार्लोस घोसनलाई लुकाएर निजी विमान मार्फत लेबनान भाग्न सहयोग गरेको आरोप उनीहरुलाई लगाइएको छ । अमेरिकी अधिकारीहरूले गत मे महिनामा पूर्वी म्यासाचुसेट्सबाट पक्राउ गरेका थिए ।

गत अक्टोबर महिनामा अमेरिकी राज्य विभागले सुपुर्दकी सन्धि अनुसार अभियुक्तहरुलाई जापानको जिम्मा लागाउनु पर्ने मागलाई स्वीकृत गरेको थियो । फरार रहेका कार्लोस बिरुद्द जापानले रेडकर्नर नोटिस जारी गरेको छ ।

अध्यागम नियम उल्लघन गरेको आरोपमा कार्लोस बिरुद्द पक्राउ पुर्जी जारी गरिएपनि लेबनानले कर्लोसलाई लेबनान बस्न कुनै कानूनी समस्या नरहेको बताइरहेको छ ।माइकल र पिटरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाउनु अमेरिकी सरकारका लागि लाजमर्दो बिषय भएको भन्दै माइकलका अर्का छोरा रुडी टेलरले आलोचना गरेका छन् ।

माइकल र पिटरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाउनु उनीहरु माथि अन्याय हुने माइकल पक्षका ओकिलहरुको दाबीलाई सबै तहका अदालतले अस्विकार गरेपछि उनीहरुलाई मंगलबार जापानको जिम्मा लगाइएको हो ।