१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्लोसलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका २ अमेरिकी नागरिक जापानको जिम्मा, आजै जापान ल्याइदै



अ+ अ-

दीपक गौतम, टोकियो । निशान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोंनलाई भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेका अमेरिकी विशेष फोर्स पूर्व २ सदस्यलाई जापानको जिम्मा लगाइएको छ ।

आर्थिक अपचलनको आरोपमा पक्राउ परेका कार्लोस अदालतमा मुद्दा चलिरहेकै बेला लेबनान भागेका थिए । कार्लोसलाई भाग्न सहयोग गरेको आरोपमा अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना २ नागरिक ६० बर्षका माइकल टेलर र २८ वर्षका पिटर टेलरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाएको हो । 

उनीहरु बाउ छोरा रहेको र उनीहरुलाई लिएर अमेरिकाको बोस्टनको एयरपोर्टबाट जापानका लागि बिमान उडेको एनएचके ले समाचार छापेको छ । जमानतमा रहेका निसानका पूर्व अध्यक्ष कार्लोस घोसनलाई लुकाएर निजी विमान मार्फत लेबनान भाग्न सहयोग गरेको आरोप उनीहरुलाई लगाइएको छ । अमेरिकी अधिकारीहरूले गत मे महिनामा पूर्वी म्यासाचुसेट्सबाट पक्राउ गरेका थिए ।

गत अक्टोबर महिनामा अमेरिकी राज्य विभागले सुपुर्दकी सन्धि अनुसार अभियुक्तहरुलाई जापानको जिम्मा लागाउनु पर्ने मागलाई स्वीकृत गरेको थियो । फरार रहेका कार्लोस बिरुद्द जापानले रेडकर्नर नोटिस जारी गरेको छ ।

अध्यागम नियम उल्लघन गरेको आरोपमा कार्लोस बिरुद्द पक्राउ पुर्जी जारी गरिएपनि लेबनानले कर्लोसलाई लेबनान बस्न कुनै कानूनी समस्या नरहेको बताइरहेको छ ।माइकल र पिटरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाउनु अमेरिकी सरकारका लागि लाजमर्दो बिषय भएको भन्दै माइकलका अर्का छोरा रुडी टेलरले आलोचना गरेका छन् ।

माइकल र पिटरलाई जापानी अभियोजनकर्ताको जिम्मा लगाउनु उनीहरु माथि अन्याय हुने माइकल पक्षका ओकिलहरुको दाबीलाई सबै तहका अदालतले अस्विकार गरेपछि उनीहरुलाई मंगलबार जापानको जिम्मा लगाइएको हो ।