१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले चालू आर्थिक वर्षको बजेटबाट २ खर्ब घटायो



अ+ अ-

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको जानकारी दिएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटलाई संशोधन गरी १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

यस्तै, अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको र रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको उनले बताए ।

‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ । अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’, अर्थमन्त्री महतले भने, ‘ कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो । अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’