फुङलिङ । ताप्लेजुङको दोभान बजारमा मंगलबार आगलागी भिषण आगलागि हुँदा ४० वटा पसलमा क्षति पुर्याएको छ । जिल्लाकै दोस्रो ठूलो बजारका रुपमा चिनिने दोभान बजारमा बिहान ९ः३० बजेबाट आगलागि भएको हो ।
प्रहरी निरिक्षक मोहन पोखरेले दिएको जानकारी अनुसार भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी हुँदा ४० घरमा क्षति पुर्याएको हुनसक्ने न्युज पोलारलाई बताए । यो संख्या बढ्न सक्ने उनको अनुमान रहेको छ ।
आगलागी क्षेत्रमा दमकल पुगेको र थप आगो फैलिन नसक्ने पौडेलले बताए । आगोलाई तिनै तहका सुरक्षाकर्मी र स्थानीयवासीले नियन्त्रण गर्ने पहल भइरहेको उनले बताए ।











