• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

‘द पोएट आइडल’ सिजन २ आजदेखी



काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आजदेखी (सोमबार) प्रसारणमा आउने भएको छ । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुने छ ।

शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी निर्णायक मण्डलमा भित्रिएकी छिन् । साथै, अन्य निर्णायकहरु पहिलो सिजनकै दोहोरिनेछन् । निर्णायकहरुमा केकीसँगै विप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव नै रहनेछन् ।

शो को मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफ रहने भएको छ । शोको कुल एपिसोड ग्र्याण्ड फिनालेलाई छाडेर ३० हुने बताइएको छ ।

शोको बिजेतालाई नगद १० लाख रुपैंया सहित एक पुस्तक सार्वजनिक गरिदिने आयोजकले जनाएको छ ।