२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्रीको खुलासा: कसुर नदेखिएका सम्पती वैध बनाउन सरकारमाथि वाह्य दबाब आउँछ



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कुनै कसुर नदेखिएका सम्पतीलाई वैधता दिन सरकारमाथि वाह्य दबाब आउने गरेको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा ‘सम्पती शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले कुनै कसुर देखिएका सम्पतीलाई वैधता दिने गरी कानून निर्माण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सरकारमाथि निरन्तर दबाब आउने गरेको खुलासा गर्नुभएको हो ।

मन्त्री गुरुङले स्रोत नखुलेको कुनैपनि सम्पत्ति कुनै कसुर नदेखिए ८० प्रतिशत कर दाखिला गरी बाँकी सम्पती सोही व्यक्तिको हुनेगरी सो विधेयक ल्याइएको पनि बताउनु भयो । भारतलगायतका मुलुकले पनि सो व्यवस्था गरेकाले अन्तराष्ट्रिय मापदण्डको आधारमा सरकारले सो कानूनी व्यवस्था गर्न लागेको पनि मन्त्री गुरुङले स्पष्टिकरण दिनु भयो । उहाँले स्रोत नखुलेको सम्पत्तिमा कुनै कसुर नदेखिए सो सम्पत्तिमाथि व्यक्तिको अधिकार हुने तर उसले ८० प्रतिशत रकम भने राज्यलाई कर बुझाउनुपर्ने कानूनी व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘अन्तराष्ट्रिय मान्यता अनुसार नै कुनैपनि व्यक्तिको सम्पतीको स्रोत खुल्न पनि सकेन, कसुर पनि देखिएन । अर्थात अपराध गरेको पनि देखिएन भने अहिले त्यसलाई के गर्ने भन्ने सन्दर्भमा अन्यौलता नै छ । यस सन्दर्भमा कानून बनाउनु पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपाल सरकारमाथि, हामी माथि बारम्बार दबाब आइरहेको कुरा त तपाईंहरुलाई थाहा छँदैछ । त्यसकारणले गर्दाखेरी अहिलेसम्म हामीले यो सम्पतीको स्रोत पनि खुल्न सकेन, कस्तो सम्पतीको स्रोत खुल्दैन ? कस्तो सम्पत्ति हो त्यस्तो स्रोत नखुल्ने ? भन्ने पनि विषयहरु पनि यहाँ उठेका छन् । वास्तवमा हामीले कतिपय ठाउँमा कुनै किसानले आफ्नो काम गर्दै जाँदा उहाँले सुन्तला त बेच्नुहुन्छ । त्यसमा ठेकेदारले उहाँलाई त्यसको रिसिप दिएको हुँदैन । त्यस्तै चरणमा अहिले हाम्रो अवस्था रहेको छ । त्यस्तो १ खालमा दुहुनो गाई बेचविखन गर्‍यो, त्यो आम्दानीको खाता बाँधिएको हुँदैन । यस्ता थुप्रै कुराहरु हुन्छन् ।’

‘त्यस्ता कुराहरुलाई हामीले अवैध मान्य कि बैध ? भन्ने कुरामा धेरै चर्चाहरु चलिरहेको पनि विगतमा छ । र, यस सन्दर्भमा अन्तराष्ट्रिय क्षेत्रबाट पनि यस सन्दर्भमा के छ भनेर हेर्दै गर्दाखेरी छिमेकी राष्ट्र भारतमा पनि यसरी सम्पत्तिको स्रोत पनि खुलेन, अपराध पनि देखिएन भने त्यस्को सन्दर्भमा ६० देखि ८० प्रतिशतसम्म कर तिराएर त्यसको सम्पती वैध मान्य पनि चलन पनि हाम्रै नजिक छ । त्यसकारण कुनै मान्छेसँग एक करोड छ भने ८० लाख राज्यको हुने भइसकेपछि २० लाख मात्रै त्यो व्यक्तिसँग बाँकि रहन्छ । त्यसकारण यो ढंगले अन्तराष्ट्रिय प्रचलन अनुसार पनि माननीय सदस्यज्युहरुसँग निवेदन गर्न चाहन्छु–यो अन्तर्राष्ट्रिय मापदण्डकै आधारमा हामीले मिट गर्ने गरेर बनाएका छौं । नत्र भने त ग्रे जुनमा परिहाल्छ नि । अहिले पनि धेरै ताकेता भइराखेको छ । कानून छिटो बनाउ, छिटो बनाउ भनिराखेको छ । त्यसकारण यो कानून बनाउँदाखेरी हामीले त्यो स्टयाण्डर्ड मेण्टेन गर्ने गरेर नै प्रश्तुत गरेको कुरा पनि निवेदन गर्न चाहन्छु । यो कुनै गलत नियतका साथ उठाइएको छैन । ’

मन्त्री गुरुङले सरकारले अवैध सम्पती वैध बनाउने कुरामा कुनैपनि खालको बदनियत नराखेको जिकिर समेत गर्नुभयो ।