• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याओस्: सांसद गैरे



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको बताउनु भयो । उहाँले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके समाजमा शान्ति स्थपना हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी कति गम्भीर छाँै, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३/०६४ को कुरा जति बेला सात राजनीतिक दलहरुले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने काम गर्नुभयो । हाम्रो बीचमा गिरिजाप्रसाद कोईराला बाहेक त्यतिबेलाका सबै नेताहरु अहिले पनि हुनुहुन्छ । उहाँहरुले त्यो १२ बुँदे सहमति गर्दाका यति सजिलै यो व्यवस्था हामीले पाएका होइनौँ । त्यो भन्दा अघिको कहालीलाग्दो सम्झना गर्ने हो भने अहिले पनि हाम्रा शरीरमा काँडा उम्रिन्छ । हाम्रा सेना र बिद्रोही पक्षको बचिमा पहाडी क्षेत्रमा रही रहने जनता एकदिन सेना आउने, अर्को दिन माओवादी आउने । हाम्रा घरमा माओवादीले बन्दुक राख्ने, सेनाले भेट्टाउने । सेनाले लिएरु जाने, यस्तोसम्म भयो ।’

‘आज त्यो अवस्थाबाट यहाँसम्म आउँदा धेरै कुराहरु अघि बढेका छन्, टुंगिएका छन् । कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभुति भएन भनेर मानिसहरु आवाज उठाइरहेका छन् । यो काम हामीले छिटो भन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुंग्याउनुपर्छ । हामी इमान्दार भएर टुंग्याउनुपर्छ । यो काम टुंग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ ।’

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभुति गर्न नसकेको बताउनु भयो ।