• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

फागुन १ गते सार्वजनिक बिदा नभएको सरकारको प्रष्टीकरण



गृह मन्त्रालय

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ ।

यसअघि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपनि हाल बिदा कायम नरहेको प्रष्टीकरण दिएको हो ।

प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ र १२ र २ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ । ’

यसअघि फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।