१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १ गते सार्वजनिक बिदा नभएको सरकारको प्रष्टीकरण



अ+ अ-

काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ ।

यसअघि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपनि हाल बिदा कायम नरहेको प्रष्टीकरण दिएको हो ।

प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९ र १२ र २ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ । ’

यसअघि फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।