• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै ★   ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ ★   श्रीलङ्काद्वारा रुसी र युक्रेनीलाई दीर्घलानीन भिसा खारेज ★   गजेन्द्र हमालले दिए कांग्रेस महासमिति सदस्यबाट राजीनामा ★   ‘राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश ★   पर्यटकहरुले २५ हजार बढी भारतीय रकम बोकेर नेपाल छिर्न नदिने कानून संशोधन होस्: सांसद शर्मा ★   पार्टीहरुलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु काँग्रेसको दायित्व हो: नेता सिटौला ★   नेदरल्यान्ड्सको १०० रन पूरा ★   माओवादीका सांसद सापकोटाको बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव ★   बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’

फागुन महिनाको लागि बैंकहरूले घटाए ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।

सोमबार सार्वजनिक नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फागुन महिनाका लागि ७.७२ प्रतिशत तोकिएको छ । जुन माघ महिनामा ८.१२ प्रतिशत तोकिएको थियो ।

माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो भने फागुनमा ८.५० प्रतिशतमा झरेको छ । चार वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यी बाहेक अन्य १६ बैंकले औसत निक्षेप ब्याजदर घटाएको छ ।